Friday 9th October 2026

उरूग्वेलार्इ २-० को अन्तरले हराउँदै फ्रान्स सेमिफाइनलमा


तितोपाटी – पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।

खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेका दुवै टोलीले लगातार पोस्ट आक्रमण गरेका थिए। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको १६औं मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो। १६औं मिनेटमा काइलियन एमबाप्पे गोल गर्नबाट चुकेका थिए। फ्रान्सको तुलनामा उरुग्वेले बलमाथि कम पक्कड जमाए पनि गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन्।

फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्‍याए। दुई गोलले अग्रता बनाएपछि फ्रान्सले रक्षात्मक खेल्यो। त्यसको विपरीत उरुग्वेले आक्रमकता देखाए पनि गोल भने गर्न सकेन।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...