Friday 9th October 2026

थप समयमा पनि बराबरी भएपछि इंगल्याण्डले कोलम्बियालार्इ पेनाल्टीमा हरायो


तितोपाटी – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले बाका र उर्वियनको प्रहार रोक्दै टिमलाई क्वार्टरफाइनलमा लगे ।

कोलम्बियाका गोलरक्षक ओस्पिनले हर्डसनको पेनाल्टी सुटलाई डाइभ गरी बचाएका थिए । इङ्ल्यान्डले पेनाल्टीमार्फत ५७ मिनेटमा अग्रता लिएको थियो । कार्लोस सान्चेजले कर्नर किकमा डिबक्सभित्र कप्तान ह्यारी केनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान केनले नै गोल गरे । केनको विश्वकपमा ६ गोल पुरा भएको छ । उनी जारी विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

बार्सिलोनाका स्टार डिफेन्डर येरी मिनाले निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा हेडिङमार्फत गोल गरेपछि खेल नाटकीय रुपमा अघि बढ्यो । पराजयको निकट रहेको कोलम्बियालाई मिनाले उकासेपछि खेल अतिरिक्त समयमा पुग्यो । तर, अत्तिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको थियो ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...