Wednesday 17th June 2026

स्वीडेनले १-० गोल अन्तरले स्वीटजरल्याण्ड लार्इ पराजित गर्यो


तितोपाटी – इमिल फोर्सबर्गको प्रहार डिफ्लेक्टेड भएर गोल भएपछि स्विडेनले मंगलबार विश्वकपको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको छ ।

स्विडेन २४ वर्षपछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । याने एन्डरसनको स्विडेनले कोलम्बिया र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेश पाउन खेल्ने छ।

दुबै टोलीले सेन्ट पिटर्सबर्ग रंगशालामा अवसर बनाए पनि कमजारे फिनिसिङमा गोल गर्न सकेनन्। ६६ औं मिनेटमा फोर्सबर्गको सशक्त प्रहार मानुइल अकान्जीको खुट्टामा लाग्दै स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरलाई जिल्याउँदै अर्को दिशाबाट गोल हुन पुगेको थियो।

खेलको अन्तमा स्विडेनले दोस्रो गोल थप्ने अवसर पाएको थिए। अतिरिक्त समयमा बैकल्पिक मार्टिन ओलसोनलाई स्विट्जरल्यान्डका मिकाइल लाङले लडाएका थिए। त्यसमा रेफ्रीले लाङलाई रातो कार्ड र स्विडेनलाई पेनाल्टी दिएका थिए। तर रेफ्री डामिर स्कोमिनाले भिडियो असिसटेन्ट रेफ्री (भार) को सहयोगमा निर्णय सच्चाउँदै पेनाल्टीलाई उल्टाई फ्रिकिक मात्र दिएका थिए। ओला टोइभोनेनको फ्रिकिकलाई सोमरले रोके पनि त्यहीसँगैं रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी फुकेका थिए।

स्विडेनका मिकाइल लुस्टिग पनि क्वार्टरफाइनलमा हुने छैनन्। उनले दोहोरो पहेलो कार्डका कारण शनिबारको खेल निलम्बनमा गुमाउन लागेका हुन्। दुबै टोली मंगलबार पनि निलम्बनको मारमा रहेको थियो। स्विट्जरल्यान्डलाई त्यसको प्रभाव अझ पर्‍यो। फाबियन साइर कप्तान स्टेफन लिच्टस्टेइनेर निलम्बनमा रहँदा रक्षापंक्तिमा योहान जोउरोउ र लाङलाई खेलाइएको थियो। स्विडेनले पनि मिडफिल्डमा गुस्ताभ स्भेनसनको स्थानमा सेवास्टिएन लार्सनलाई खेलाएको थियो।

स्विडेन पछिल्लो पटक १९९४ मा अमेरिकामा भएको विश्वकपको क्वार्टरफाइनल पुगेको थियो। स्विडेनले १९५८ पछि विश्वकपमा पहिलोपटक लगातार दुई खेल जितेको हो। समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० लाई पराजित गर्दै स्विडेन नकआउट चरणमा आएको हो। स्विट्जरल्यान्डले नकआउट चरणका सबै खेल हार्दै आएको छ। १९९४, २००६, २०१४ मा पनि टोली नकआउट चरणको पहिलो खेलमा हार्न पुगेको थियो।

२०१७ को अक्टोबरमा विश्वकप छनोटमा पोर्चुगलसँग २–० को नतिजा भोग्नु परेयता स्विट्जरल्यान्डले पहिलो पराजय पाएको हो। यस बिचमा टोली ९ खेलमा अपराजित थियो।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...