Monday 31st August 2026

फेसबुकका प्रयोगकर्ताको डाटा ५२ वटा कम्पनीमा सेयर भएको


तितोपाटी – प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।

चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो ।

अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा वाणिज्य समितिका प्रश्नको जवाफ दिने क्रममा फेसबुकले यस्तो बताएको हो ।

संसदीय समितिले उठाएको प्रश्नहरुको ७ सय ४७ पेज लामो जवाफ फेसबुकले पेश गरेको छ ।

ती ५२ मध्ये ३८ कम्पनीसँगको सहकार्य यसअघि नै तोडिसकिएको पनि फेसबुकले प्रष्ट पारेको छ । त्यस्तै अन्य सातवटा कम्पनीसँगको सहकार्य यहीँ जुलाई महिनामा सकिने र अक्टोबर महिनामा अर्को एक कम्पनीसँगको साझेदारी पनि समाप्त हुने फेसबुकले जनाएको छ ।

तर एप्पल, अमेजन तथा टोबी ल्गायतका कम्पनीसँगको साझेदारी चाहीँ अक्टोबर पछि पनि जारी रहने फेसबुकको भनाई छ ।

फेसबुकले भनेको छ की सन् २०१४ मा साझेदारी सम्बन्धी कडा नियन्त्रण लागू गरेसँगै तेश्रो पक्ष तथा एप डेभलपरलाई नयाँ नियमको पालना गर्नका लागि एक वर्षको समय दिइएको थियो ।

फेसबुकले विभिन्न ६१ कम्पनीलाई डाटा स्टोर गर्नबाट रोक्नका लागि ६ महिनाको अतिरिक्त समय पनि दिएको थियो ।

अमेरिकी संघीय व्यापार आयोगले तय गरेका नियम विपरित फेसबुकले प्रयोगकर्ताका डाटा विभिन्न कम्पनीहरुसँग शेयर गरेको आरोप लागिरहेका बेला फेसबुले भने आफुले आदेश उल्लंघन नगरेको दाबी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...