Thursday 28th March 2024

पृथ्वीका मानिस मात्रै हुन त ब्रम्हाण्डका बुद्धिमान प्राणी ?


तितोपाटी – मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् ।

तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष पठाएको सन्देशको जवाफ किन दिँदैनन् ? एलियन के हो ? के एलिसन साँच्चै छ ?

“उनीहरु कहाँ छन् ?(ह्वेर आर ‘एभ्रिबडी’ ?)”

यो प्रश्न सन् १९५० मा चर्चित इटालियन–अमेरिकी भौतिशास्त्री एनरिको फर्मीले आफ्ना एक सहकर्मी अघि राखेका थिए ।

पछि यही प्रश्नको वरिपरि फर्मी र उनको सहकर्मी माइकल एच. हर्टले यस्तो प्रस्तावनाहरु अघि सारेका थिए :

–तारामण्डलमा सूर्यजस्तै अर्बौ ताराहरु छन् । त्यसमध्य कयैन हाम्रो सौर्यमण्डलभन्दा पनि पुराना छन् ।

–यस मध्य केही ताराहरुमा हाम्रो पृथ्वीजस्तै ग्रह हुने सम्भवना अत्यन्त उच्च छ ।

–त्यस्तोमा ती ग्रहमा हाम्रो ग्रहमा भन्दा पहिल्यै जीवन शुरु भएर, उद्विकासको क्रममा केही जीव अन्तर–तारा आवगमन गर्न सक्ने हदसम्म विकास भइसकेको हुन सक्ने सम्भावना पनि उच्च छ ।

–आजको दिनमा कल्पना गरिएको अन्तरतारा आवगमनको गतिको धिमा भएको भए पनि केही लाख वर्षमा पुरै आकाशगंगामा उनीहरु पुगिसकेको हुनुपर्ने हो ।

यो प्रश्न र प्रस्तावनाबाट एउटा अर्को प्रश्न–विरोधाभाष उब्जन्छ– त्यसो हो भने उनीहरु अहिलेसम्म किन पृथ्वीसम्म आइपुगेनन् त ? उनीहरु आखिर कहाँ छन् ?

यो प्रश्न निकै चर्चित छ र फर्मीको प्रश्नले उब्जाएको पछिल्लो प्रश्न–विरोधाभासलाई ‘फर्मी प्याराडक्स’ भनिन्छ ।

‘सर्च फर एक्स्ट्रा टेरिस्ट्रियल इन्टेलिजेन्स (सेटी)’ नामक संस्थाले धेरै वर्षदेखि यो प्रश्नको उत्तर खोजिरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका तीन प्राज्ञहरुले हालसालै ‘फर्मी प्याराडक्स’लाई पुनरमूल्याङ्कन गरे ।

उनीहरुले योसँग जोडिएको एक अध्ययन गरे । यसलाई उनीहरुले ‘डिजल्भिङ द फर्मी प्याराडक्स’ नाम दिए ।

अध्ययन अनुसार मानिस नै ब्रह्माण्डको एक मात्र जीवित बौद्धिक प्राणी हुन सक्ने सम्भवाना धेरै छ । यसको मतलब पृथ्वीसम्म आइपुग्न सक्ने बौद्धिक एलियन अस्तित्वमा नै छैन ।

कसरी निकालियो यो निष्कर्ष ?

यो अध्ययन गर्ने तीन प्राज्ञहरु मध्य एक जना एनडर्स स्यान्डबर्ग हुन् । उनी अक्सफोर्ड विश्वविद्यालयको ‘फ्युचर अफ ह्युमिनिटी इन्सटिच्युट’को अनुसन्धानकर्ता हुन् ।

दोस्रो सदस्यको नाम एरिक ड्रेक्सलर हो । उनको ‘न्यानो टेक्नोलोजी (अत्यन्त सुक्ष्म प्रविधि)’ सम्बन्धि विचार निकै लोकप्रिय छ ।

यस अतिरिक्त उही प्राज्ञिक केन्द्रमा दर्शनशास्त्रका प्रोफेसर रहेका टोड आर्ड पनि यो अध्ययनमा संलग्न छन् ।

यो नयाँ अध्ययनमा ‘फर्मी प्याराडक्स’लाई ‘ड्रेक समीकरण’ भनिने गणितीय आधारमा विश्लेषण गरिया ।

‘ड्रेक समीकरण’ जीवन हुन सक्ने सम्भावित स्थानको सूची तयार पार्न पहिले पहिले प्रयोग गरिन्थ्यो ।

यो अध्ययनमा जीवनसँग जोडिएका कयौं पक्षको जाँच अनुसन्धानबाट ३९ प्रतिशतदेखि ८५ प्रतिशतसम्म यो ब्रह्माण्डमा मानिस मात्र एक्लो जीवित बुद्धिमान प्राणी हुन सक्ने बलियो सम्भावना निस्कियो ।

अध्ययनमा लेखिएको छ, “हामीले ब्रह्माण्डमा अरु कुनै बुद्धिमान सभ्यता नभएको प्रर्याप्त सम्भावना पायौँ । यस्तोमा यदी कुनै संकेत पाइएन भने आश्चर्यको विषय हुने छैन । धेरै अनिश्चितताको आधारमा हामीले यो निष्कर्ष निकालेका छौं कि हामी एक्लै हुने सम्भावना अत्यधिक छ ।”

तथापि ती तीशोधकर्ताहरुले वैज्ञानिकहरुले एलियन वा ब्रह्माण्डको अन्य स्थानमा जीवनको खोज जारी राख्नुपर्ने बताए ।

“एलियनको अस्तित्वको सम्भावना कम रहे पनि यदि भविष्यमा कतै कुनै समझदार एलियन सभ्यता पत्ता लाग्यो भने पनि हामी धेरै आश्चर्य हुनु हुँदैन ।” अध्ययनमा संलग्न सेन्डबर्ग भन्छन् ।

यसको अर्थ हो ‘फर्मी विरोधाभास’को समाधान त्यति सहज छैन ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...