Wednesday 24th April 2024

साप्ताहिक राशिफल ( असार १५-२१)


ज्योतिष पंण्डित – रामप्रसाद सिटाैला

मेष

जिम्मेवार रूपमा व्यवहार गरे स्वत: काम बन्नेछ । आम्दानी हुने व्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ । सुनौलो रंगको अनुसरणले थप ऊर्जा मिल्न सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिर्वतन ल्याउनुपर्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा असहजता महसुस हुन सक्छ ।

वृष

हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ । मान्यजनको सुझाव पालना गर्दा सकारात्मक बाटो पहिल्याउन सहज हुनेछ । भविष्यका निम्ति दिगो जग बसाउने कार्य सञ्चालन गर्ने अवसर जुट्न सक्छ । भोजभतेरमा विशिष्ट व्यक्तिहरूसँग परिचित हुने अवसर जुर्नेछ ।

मिथुन

प्रतिस्पर्धीहरूले छवि बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पोल्टामा हुनेछ । अध्ययनका निम्ति देखिएको दोधारे प्रवृत्ति स्वत: निष्क्रिय हुनेछ । मनमा उत्पन्न सकारात्मक विचारले नौलो प्राविधिक इलमतर्फ आकर्षित गर्नेछ । सामाजिक सञ्जालमा परिचित नयाँ मित्रबाट अपेक्षाभन्दा बढी ज्ञान आर्जन गरी लाभलिन सकिनेछ ।

कर्कट

अपेक्षाअनुरूपको सफलता हात पार्न थप मेहनतको आवश्यकता छ । यथार्थतालाई आत्मसात् गर्दा आर्थिक क्षतिबाट उम्कन सहज हुनेछ । बुद्धिको सहायताले जटिल परिस्थितिको सामाना गर्न सकिनेछ । अर्काको देखासिकी गरी पहुँच तथा क्षमताले नभ्याउने काममा समय खर्चिंदा पछि परिएला । हठ गर्ने स्वभावका कारण मन पराउनेहरूसँग खटपट उत्पन्न हुनसक्छ ।

सिंह

चासो नभएको विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । रोकिएका कार्यमा दोहोर्‍याएर प्रयत्न गर्दा सफलता हात पर्नेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । सोमबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् । बलजफ्तीले काम बिग्रनेछ भने गल्ती सच्याउने प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउनेछ ।

कन्या

मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै आर्थिक अभावको अवस्था स्वत: दूर हुनेछ । सोमबारपछि टाढिएका आफन्तजनसँग भेटघाट हुनेछ, जसले मन प्रफुल्लित बनाउनेछ । करियरका लागि आत्मीय मित्रहरूसँग सुझाव लिनुपर्नेछ । भोज–भतेरमा पुराना मित्रहरूसँगको भेटले राम्रै मनोरञ्जन प्रदान गर्नेछ ।

तुला

आफूभित्रको भय उत्साहमा परिवर्तन भै समाजसेवातर्फ आकर्षित भइनेछ । लामो समयसम्म रोकिएका काम स्वत: फुकुवा हुनेछन् । प्रतिस्पर्धामा इनाम तथा सम्मानजनक स्थान प्राप्त हुनेछ । सेतो रंगको रचनात्मक प्रयोगले लाभ पुग्ने देखिन्छ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।

वृश्चिक

आफ्नो कार्य दक्षताको चौतर्फी प्रशंसा हुनेछ । चुरो कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर जुटाउनेछ । मन मिल्ने साथीको सुझावमा मात्र विश्वास गरे पछि परिएला ।

धनु

विपन्नहरूसँग सहयोगीको भूमिका निर्वाह गरेर आफ्नो परिचय फराकिलो बनाउन सकिनेछ । नयाँ क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । उपहारका साथ भेट्न आउनेहरूसँग सावधानी अपनाउनुहोला । बोलीमा थप प्रभाव पार्न पहेंलो रंगको अनुसरण लाभदायक सावित हुनसक्छ ।

मकर

व्यवसायमा अपेक्षाकृत सफलता हात पार्न केही समय कुर्नुपर्नेछ । साथीहरूले समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । प्रेमी–प्रेमिकासँगको भेटघाट अविस्मरणीय हुनेछ । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त हुन्छ । मौसम प्रतिकूल हुँदा स्वास्थ्यमा ध्यान दिनुहोला ।

कुम्भ

नयाँ रोजगारी हात पार्न बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । परिवारका सदस्यहरूबीच मत नमिल्दा सानातिना झन्झट आइलाग्न सक्छन् । सेतो रंगको अवलम्बनले समस्या पहिचान गर्न सहज बनाउनेछ ।

मीन

इच्छा–आकांक्षा तीव्र गतिमा बढेको अवस्था छ । आशा मारेको व्यवसायले उत्साह जगाउनेछ । मन मिल्ने साथीको स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । बुधबारपछिका दिनमा भोज–भतेरमा सहभागी हुन पाइनेछ ।


सम्बन्धित शीर्षकहरु

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

एजेन्सि-दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र…

प्रतिकृयाहरू
...