Wednesday 13th May 2026

पुर्व विश्वकप च्याम्पियन जर्मनीलार्इ कोरियाले २-० ले हरायो


तितोपाटी – रुस विश्वकप अन्तर्गत बुधबार भएको पहिलो खेलमा विश्व विजेता जर्मनी एसियाली राष्ट्र कोरियासँग पराजित भभयो । कोरियासँग २–० ले पराजित भएसँगै जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । कोरियाले विश्वकपको साविक विजेता जर्मनलाई स्तब्ध बनाएपछि समूह एफबाट स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

दक्षिण कोरियाले जर्मनीविरुद्ध शानदार जित दर्ता गर्नु ठूलो खुशीको क्षण थियो । तर, बुधबार मैदानको वातावरण त्यसमा मात्र सीमित थिएन । जर्मनी विश्वकपको पहिलो चरणबाट बाहिरिदा कोरियासमेत अन्तिम खेल खेल्दै थियो ।

विश्व विजेतालाई शानदार ढंगले पराजित गरेर पाखा लगाउँदा समेत आफू घर फर्किनुपर्दाको पीडा कोरियाली खेलाडीमा देखिन्थ्यो । त्यही पीडालाई खेल सकिएपछि कोरियाली खेलाडीले मैदानमै पोखरेका हुन् ।

जर्मनीलाई कोरियाले पराजित गरेर खेल समापन हुँदा केहीबेर मैदानमा सन्नाटा नै छाएको थियो । किनी एकातर्फ नमिठो पराजयसँगै पहिलो चरणबाटै घर फर्किनुपर्दाको पीडाले जर्मन खेलाडी रोइरहेका थिए ।

समर्थककका समेत आँखा रसाइरहेकै थिए । अर्कातर्फ जर्मनीविरुद्ध शानदार जित दर्ता गर्दा पनि पहिलो चरणबाटै घर फर्किनुपर्दाको पीडा कोरियाली खेलाडीमा थियो ।

त्यसैले जर्मनी पराजयमा रुदै गर्दा दक्षिण कोरिया विश्वकपबाट बाहिरिनुपर्दाको पीडामा रोएको हो ।

जर्मनी र दक्षिण कोरियाको प्रतिस्पर्धात्मक खेलको ९० मिनेटसम्म कतैबाट गोल हुन सकेको थिएन । जब रेफ्रीले ६ मिनेट इन्जुरी समय दिए तब दक्षिण कोरियाले गोलको वर्षा नै गर्यो ।

पहिलो तीन मिनेटमा पहिलो र दोस्रो तीन मिनेटमा दोस्रो गोल गर्दै कोरियाले विश्व विजेता जर्मनीलाई स्तब्ध बनायो । त्यसपछिको मैदान र रंगशालाको अवस्था सन्नाटामा परिणत भयो ।

दक्षिण कोरियाका लागि जर्मनीविरुद्ध इन्जुरी समयमा किम यङ वन र सन हिउन मिनले एकएक गोल गरेर सनसनीपूर्ण ढंगले नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

खेलमा सनसनी मच्चाए पनि दक्षिण कोरिया दोस्रो खेलबाटै विश्वकपबाट बाहिरिसकेको थियो । यद्यपी उसको अन्तिम खेलको प्रशंसा भने विश्वका फुटबल दर्शकले गरेका छन् ।

उता समूह एफकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले पराजित गरेको छ। स्वीडेनका लागि लुडविग अगस्टिनसन र आन्देस गा्रभिष्टले एकएक गोल गरे भने मेक्सिकोले एक गोल उपहार दियो । समूह एफबाट जर्मनी र दक्षिण् कोरिया घर फर्किदा स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...