Monday 26th October 2026

लागू औषध सहित एक युवक पक्राउ  


प्रेमनाथ पौडेल, सर्लाही

सदरमुकाम मलंगवाबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ! भारत सिमाना नजिक रहेको गोरखकाली प्रहरी चौकीमा खटिएका प्रहरीले लागुऔषध सहित सोमबार युवकलाई पक्राउ गरेको हो ! निकटवर्ती भारतीय बजारबाट प्रतिबन्धित नाइट्रोभेट नामक ट्याबलेट ५०१ वटा र इन्टेक्स कम्पनीको ९८२५१५१४३३ नम्बरको सिम कार्ड सहितको मोबाइल फोन १ थान सहित साविक हेमपुर गाविस वडा न-४ हाल कबिलासी नगरपालिका वडा न-४ बस्ने शिवजी रामका २५ वर्षिय छोरा भोला रामलाई बेलुका साढे ६ बजे गोरखकाली प्रहरी चौकी अगाडीबाट चेक जाँचको क्रममा पक्राउ गरेको जिल्लामा प्रहरी कार्यालय मलंगवा मुद्दा शाखाका प्रहरी निरिक्षक कुन्दन देवले बताए! पक्राउ परेका भोला रामलाई जिल्ला प्रहरि कार्यालय मलंगवाले हिरासतमा राखि लागुऔषध ओसार पसारमा पक्राउ परेका रामलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाढी बढाईने हुँदा थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ! अहिले देशभरी लागुऔषध ओसारपसार तथा नष्ट गर्ने सप्ताह व्यापी अभियान जोडतोडका साथ चलाईएको हुँदा जिल्लाका सिमाबर्ती क्षेत्रमा अन्य समय भन्दा बढी कडाईका साथ चेक जाँच समेत भैरहेको उनले बताए !

 

स्रोतः खोज खबर सर्लाही फेसबुक पेजबाट यो न्युज र फोटो साभार गरिएको हो


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...