Friday 26th June 2026

लागू औषध सहित एक युवक पक्राउ  


प्रेमनाथ पौडेल, सर्लाही

सदरमुकाम मलंगवाबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ! भारत सिमाना नजिक रहेको गोरखकाली प्रहरी चौकीमा खटिएका प्रहरीले लागुऔषध सहित सोमबार युवकलाई पक्राउ गरेको हो ! निकटवर्ती भारतीय बजारबाट प्रतिबन्धित नाइट्रोभेट नामक ट्याबलेट ५०१ वटा र इन्टेक्स कम्पनीको ९८२५१५१४३३ नम्बरको सिम कार्ड सहितको मोबाइल फोन १ थान सहित साविक हेमपुर गाविस वडा न-४ हाल कबिलासी नगरपालिका वडा न-४ बस्ने शिवजी रामका २५ वर्षिय छोरा भोला रामलाई बेलुका साढे ६ बजे गोरखकाली प्रहरी चौकी अगाडीबाट चेक जाँचको क्रममा पक्राउ गरेको जिल्लामा प्रहरी कार्यालय मलंगवा मुद्दा शाखाका प्रहरी निरिक्षक कुन्दन देवले बताए! पक्राउ परेका भोला रामलाई जिल्ला प्रहरि कार्यालय मलंगवाले हिरासतमा राखि लागुऔषध ओसार पसारमा पक्राउ परेका रामलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाढी बढाईने हुँदा थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ! अहिले देशभरी लागुऔषध ओसारपसार तथा नष्ट गर्ने सप्ताह व्यापी अभियान जोडतोडका साथ चलाईएको हुँदा जिल्लाका सिमाबर्ती क्षेत्रमा अन्य समय भन्दा बढी कडाईका साथ चेक जाँच समेत भैरहेको उनले बताए !

 

स्रोतः खोज खबर सर्लाही फेसबुक पेजबाट यो न्युज र फोटो साभार गरिएको हो


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...