Friday 9th October 2026

अर्जेन्टिनाको साख बचाए मेस्सीले, अन्तिम १६ मा भिड्न पाउने


तितोपाटी – अन्तिम १६ मा छनोट हुने झिनो आशाका साथ मैदानमा उत्रिएको अर्जेन्टिनाले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नाइजेरियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । यो विश्वकपमा अर्जेन्टिनालाई पहिलो जित दिलाउन कप्तान मेसी र मार्कोस रोहोले विशेष भूमिका खेलेका थिए ।

पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको विश्वकपको दाबेदार अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० को अन्तरले पराजित भएको थियो । दुई खेलमा १ मात्र अङ्क रहेको अर्जेन्टिना त्यसपछि विश्वकपबाट बाहिरिने खतरा बढेको थियो । तर, लिग चरणको तेस्रो खेलमा आफ्नो स्वाभाविक खेल देखाएको अर्जेन्टिनाले नाइजेरियालाई एक रोमाञ्चक र सनसनीपूर्ण खेलमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको थियो ।

अर्जेन्टिनाको तर्फबाट पहिलो हाफको १४औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए । मेसीको हानेको यो गोल सन् २०१८ को १००औँ गोल थियो । मेसीको यो गोलसँगै विश्वकपमा ६ गोल भएको छ । जसमा उनले नाइजेरियाविरुद्ध मात्रै ३ गोल गरेका छन् । मेसी ३ विश्वकपमा लगातार गोल गर्ने तेस्रो खेलाडी पनि बनेका छन् । यसभन्दा अगाडि डिएगो म्याराडोना र ग्य्राबियल बास्टुटिटाले लगातार गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले अग्रता लिएको अर्जेन्टिनालाई दोस्रो हाफमा नाइजेरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएको थियो । उक्त पेनाल्टी गोल नाइजेरियाका पेनाल्टी स्पेसलिस्ट भिक्टर मोसेरले गरेका थिए । खेल बराबरीमा आएपछि निकै दबाबमा परेको अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने खतरा बढिरहेको समय ८६औँ मिनेटमा डिफेन्डर मार्कोस रोहोले गोल गरेका थिए । रोहको यही गोलका कारण अर्जेन्टिना अन्तिम १६ मा पुग्न सफल भएको थियो ।

यो जितसँगै अर्जेन्टिनाले ४ अङ्क बटुल्दै दोस्रो स्थान हासिल गर्दै लगातार चौथोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरको छ । ग्रुप ‘डी’ मा क्रोएसियाले शीर्ष स्थान हासिल गरेको छ भने नाइजेरिया र आइसल्यान्ड विश्वकपबाट बाहिरिएका छन् । अब नकआउट चरणमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससँग हुनेछ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...