Friday 9th October 2026

साउदीले इजिफ्टलार्इ २-१ ले हरायो


तितोपाटी – साउदी अरेबियाले अन्त्यतिर गोल गरेर इजिप्टमाथि सोमबार २–१ को जित दर्ता गर्‍यो । समूह चरणबाटै बाहिरिएका दुई टिमको प्रतिस्पर्धामा साउदी टिमले विश्वकप फुटबल सन् १९९४ यता पहिलो जित रच्यो । इजिप्टका फरवार्ड मोहमद सलाहको यात्रा भने झनै पीडादायी रह्यो ।

लिभरपुलका फरवार्ड सलाहले इजिप्टलाई चाँडै अग्रता दिलाएका थिए । तर उनले अग्रता दोब्बर पान स्वर्णिम अवसर भने गुमाएका थिए । साउदीका लागि मिडफिल्डर सालेम अल–दावसरीले ९५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

उद्घाटन खेलमा रुससँग ५–० ले हारेको साउदीले त्यसयता खुबै सुधार गर्‍यो । प्रतियोगितामा एकमात्र गोल गरेको साउदी समूह ‘ए’ मा तेस्रो भयो । बिनाअंक अन्तिम स्थानमा रहेको इजिप्टले अर्जेन्टिनी प्रशिक्षक हेक्टर कुपरले सम्हालेको टिमले कुनै अंक जोड्न सकेन ।

विश्वकप खेल्ने जेठा खेलाडी बने इजिप्टका गोलकिपर

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका लागि रियल म्याड्रिडविरुद्ध खेल्दा घाइते भएकाले सलाहले विश्वकपको पहिलो खेल गुमाएका थिए । उनले त्यसयताका लगातार दुई खेलमा गोल गरे ।

यसअघि इजिप्टका गोलकिपर इसाम एल–हादरी विश्वकप खेल्ने सबैभन्दा जेठो खेलाडी बने । उनले ४५ वर्षको छँदा विश्वकपमा गोलपोस्ट सम्हाल्ने अवसर पाएका हुन् ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...