Tuesday 13th October 2026

विज्ञानको नयाँ चमत्कार, सपना रेकर्ड गरेर भिडियो हेर्न सकिने


एजेन्सी। सपनाको संसार निकै रहस्यमय हुन्छ । राम्रा र नराम्रा सपनाको विषयमा धेरै किसिमका मान्यताहरु पनि छन् । धेरैजसो हामीले देखेका सपनाहरु छिटै बिर्सिन्छौं । तर अब छिटै यस्तो प्रविधि आउँदैछ जसको प्रयोग गरेर हामीले त्यही सपना रेकर्ड गरेर भिडियो हेर्न सक्छौं । जापानी वैज्ञानिकहरुले यस्तो यन्त्र बनाएका छन् जसले हाम्रो सपना रेकर्ड गर्न सक्छ ।
जर्नल साइन्सका अनुसार जापानी वैज्ञानिकहरुको टिमले यो रोचक र रहस्यमय विषयमा विगत १० वर्षदेखि अनुसन्धान गरिरहेको छ । केही वर्ष पहिले यस्तो मेसिन बनाइएको थियो जसले दिमागको सिग्नलको आधारमा कुनै पनि मानिसले सपनामा के देखिरहेको छ भन्ने पत्ता लगाउन सक्थ्यो । हामीले सपना देख्दा हाम्रो दिमागमा ‘न्यूरल प्याट्रन’ बन्छन् । यो न्यूरोनको क्रियाका कारण हुन्छ । दिमाग सक्रिय हुँदा न्यूरोनले दिमागलाई संकेत पठाउँछन् । सपनाका बेला पनि हाम्रा केही न्यूरोन सक्रिय हुने मानिएको छ ।
एक कम्प्युटर प्रोग्रामिङको सहयोगले दिमागमा बनेका न्यूरल प्याट्रनलाई बुझ्न सकिन्छ । अनुसन्धानका अनुसार हामीले कुनै पनि कुरा देख्दा दिमागमा खास किसिमको न्यूरल प्याट्रन बन्छ । यो प्याट्रनबाट हामीले व्यक्तिले के देखिरहेको छ भन्ने बुझ्न सकिन्छ । अहिले वैज्ञानिकले बनाएको मेसिनले त्यही प्याट्रन बुझेर त्यहीअनुसारको दृश्य बनाइ त्यसलाई रेकर्ड गर्न सक्छ । यसले कतिसम्म सटिक काम गर्न सक्छ भन्ने विषयमा अनुसन्धान जारी छ ।

साभारः डिसी नेपाल


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...