Thursday 10th September 2026

जर्मनीले स्वीडेनलार्इ मुस्किलले जित्यो


तितोपाटी – विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ ।

जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा बराबरी गोल गर्‍यो । ४८ औं मिनेटमा मार्को रेउसले बराबरी गोल फर्काएका हुन् ।

८२ औं जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि जर्मनीलाई संकट आइलाग्यो । १० खेलाडीमा सीमित भए पनि जर्मनीले सम्हालिएको प्रदर्शन गर्‍यो । गोल गर्ने केही अवसरहरु पनि सिर्जना गर्‍यो तर सदुपयोग गर्न सकेन ।

निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरक्त समयको पाँच मिनेटमा टोनी क्रुसले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्यो र, जर्मनीले २-१ को जित निकाल्यो ।

विश्वकपमा अतिरिक्त समयको अन्तिम समयमा गोल गर्ने टोनी क्रुस दोस्रो खेलाडी हुन् । यसअघि सन् २००६ मा फ्रान्सिस्को टोटीले अस्ट्रेलियाविरुद्ध गरेका थिए ।

यो खेल जितेको भए समूह ‘एफ’बाट स्वीडेन एक खेल खेल्नु अघि नै नकआउट चरणमा पुुग्ने थियो । जर्मनीले यो खेल जितेपनि अघिल्लो चरणमा जानका लागि स्वीडेन र मेक्सिकोबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

समूह एफमा मेक्सीकोको ६ अंक छ । स्वीडेन र जर्मनीको समान ३-३ अंक छ । अब स्वीडेन र मेक्सिको तथा जर्मनी र दक्षिण कोरियाले खेल्ने छन् । यो खेलपछि जर्मनी, मेक्सिको र स्वीडेन मध्य कुन बाहिरिने भने टुंगो लाग्ने छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...