Thursday 10th September 2026

मेक्सिकोले कोरियालार्इ २-१ ले हरायो


दक्षिण कोरियाका फवार्ड सन हियुङ मिनले विश्वकपमा मेक्सिकोविरुद्ध इन्जुरी टाइममा सनसनीपूर्ण गोल गरेका छन् । तर, मेक्सिको जित टार्न सकेनन् ।

शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हराएको हो । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रमाणित गरेको छ ।

लगातार दोस्रो जितसँगै समूह एफको शीर्ष स्थानमा रहेको मेक्सिको नाकआउट चरण नजिक पुगेको छ । दोस्रो हारले दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिने सम्भावना बलियो बनेको छ ।

खेलमा मेक्सिकोले २६ औं मिनेटमा कार्लोस भेलाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । डिफेण्डर ज्याङ हिउन सुको ह्याण्ड गरेपछि मेक्सिकोले पेनाल्टी पाएको थियो, जसमा भेलाले सहजै गोल गरे ।

६६ औं मिनेटमा मेक्सिकोले काउन्टर अट्याकमा गोल गर्दै अगता दोब्बर बनायो । उसका लागि जाभियर हर्नान्डेजले गोल गरे । मेक्सिकोको लागि उनको यो करियरको ५० औं गोल समेत हो ।

तर, इन्जुरी टाइममा दक्षिण कोरियाका सन हियुङ मिनले सनसनीपूर्ण गोल गरे । उनले मेक्सिकोको पेनाल्टी एरिया बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो । रुस विश्वकपमा कोरियाको यो पहिलो गोल समेत हो ।

तर, उनको गोल कोरियाको हार टार्न पर्याप्त रहेन ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...