Thursday 25th April 2024

साप्ताहिक राशिफल (असार ८ गते देखि १४ गते सम्म)


ज्योतिष पंण्डित – राम प्रसाद सिटाैला

मेष 

समकक्षीहरूको सुझाव अनुसरण गर्दा मेहनत खेर जानेछैन । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । सामान्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउनेछ । साताको अन्त्यमा सूर्यको आराधना गरे स्वास्थ्य तथा समृद्धिको ढोका खोलिनेछ ।

वृष 

स्वरोजगारीको अवसर पाइनेछ । साथीभाइसँग भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । कर्मचारी वर्गका निम्ति स्थान परिवर्तन वा अन्य नयाँ अवसर प्राप्त हुने सम्भावना छ । महत्वपूर्ण व्यक्तिहरूसँग परिचित भै जिम्मेवारी वहन गर्न पाइएला ।

मिथुन 

दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । ठूलाबडासँगको प्रत्यक्ष भेटघाटका कारण योजनाहरू सहज रूपमा सम्पन्न गर्न सकिनेछ । घरको आर्थिक समस्या निर्मूल गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने हुनसक्छ ।

कर्कट 

उपल्लो दर्जाका व्यक्तिहरूको दबाबमा गरिएको कार्यले मन खल्लो बनाउनेछ । सोचेजस्तो अवसर प्राप्त गर्न नीलो रंगको पहिरन शुभ सावित होला । बुधबारपछिका दिनहरू अनुकूल नै हुनेछन् । मन पराउनेहरूसँग मित्रता एवं प्रेमको गाँठो कसिन सक्छ । दिगो आम्दानी हुने मार्ग पहिल्याउन केही समय कुर्नुपर्ने हुन्छ ।

सिंह 

विभिन्न कुराले पारिवारिक गुनासो बढ्न सक्छ ।  आफ्नो मेहनत तथा लगनशीलताको अरूले प्रशंसा गर्नेछन् । विवेक नपुर्‍याई हतारमा गरिएका कार्यले नोक्सान पुर्‍याउला । जिम्मेवार भै व्यवहार गरे समस्याबाट स्वत: मुक्त हुन सकिनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

कन्या 

सरोकार नभएको विषयमा चासो राख्दा दु:ख पाइनेछ । पढाइ–लेखाइमा त्यति ध्यान दिन नसकिएला । आइतबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् भने रचनात्मक काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । गल्ती सच्याउने प्रतिबद्धताले प्रतिष्ठा वृद्धि गर्ला । ठूलाबडाको प्रेरणालेसमस्याको जरा पहिल्याउन सकिनेछ ।

तुला  

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । राम्रै आम्दानी हुने रोजगारी प्राप्त हुनेछ । अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । अभिभावकहरूसँग वैचारिक द्वन्द्व सिर्जना हुनेछ भने आफ्ना कमजोरीप्रति उनीहरूको गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

वृश्चिक 

पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुनसक्छ । नगद सापटी लिएका मित्रले समयमा वचन पूरा नगर्दा आर्थिक समस्यामा परिनेछ । साथीहरूसँग मनोरञ्जनमा संलग्न हुँदा स्वास्थ्यसम्बन्धी समस्याले सताउला । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला ।

धनु  

कार्य सञ्चालनमा आईलागेका बाधाहरू फुकुवा हुनेछन् । आफूले गरेका प्रयत्न परिणाममुखी सावित होलान् । मन पराउने साथीले दोहोरो मनस्थितिका कारण मन खोलेर कुरा गर्न सकेका छैनन् । सरोकार नभएको कार्यले फजुल खर्च बढाउनेछ । भैतिक साधन खरिद गर्ने अवसर जुट्नेछ । कुनै पनि निर्णय गर्न ढिलाइ नगर्नुहोला ।

मकर 

नयाँ किसिमको योजना तर्जुमामा समय खर्चनुपर्ने अवस्था छ । धन प्राप्तिका निम्ति पेसा–व्यवसाय एवं स्थान परिवर्तन हुनसक्छ । आफ्नो सामथ्र्य बिर्सिएर अर्काको देखासिकी गर्न खोज्दा ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । सप्ताहन्तमा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

कुम्भ 

साझेदारीमा थालिएको कार्यले फाइदा पुर्‍याउदै अन्य अवसरको ढोका खोल्नेछ । रोजगारी तथा पदोन्नतिका लागि कडा मेहनत गर्नुपर्ला । नयाँ स्थानको भ्रमणका कारण खर्च वृद्धि हुने भएकाले आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । सेतो रंगको प्रयोगबाट थप उपलब्धि हात पार्न सकिन्छ ।

मीन 

मुनाफा हात पर्ने व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । लगानी गरेअनुरूप भविष्यका निम्ति जग बस्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न सकिनेछ । जुस तथा पहेंला फलफूलको सेवनमा विशेष जोड दिनुहोला ।

 


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...