Monday 20th May 2024

मंगलको सतहमा धुलोको विशाल आँधी


तोयानाथ उपेक्षित – मंगलको सतहमा जीवित मानव निर्मित दुई यान अपर्चुनिटी र स्प्रीरिच यतिवेला कोमामा पुगेको विमारी जस्तै अवस्थामा छन । नाशाले उनीहरुको धडकन खोजिरहेको छ । ति यानहरुले कुनै संकेत नाशामा दिन नसक्नुको कारण त्यहाँ आई रहेको विशाल धुलोको आँधी हो ।

नाशाले भनेको छ झण्डै एक तिहाई मंगलको बायुमण्डल अहिले धुलाम्य छ । त्यहाँ विशाल धुलोको आँधीका कारण सुर्यको प्रकाश सतहमा आउन सकेको छैन । सुर्यको प्रकाश सतहमा आउन र मौसम सफा हुन पर्दछ यसका लागि अझै केही दिन लाग्न सक्ने नाशाको अनुमान छ । बैज्ञानिकहरुका अनुसार मौसम सफा भएर यानमा प्रकाश अथवा ताम परेपछि यानको बेट्रि रिचार्ज हुनेछ र यान पुन जाग्रित अवस्थामा फर्कने छ । यस अघि पनि अर्पचुनिटीमा यस्तो अवस्था आएको बताईन्छ ।

बैज्ञानिकहरुका अनुसार मंगलमा आँधीहुरी मात्र नभएर विशाल धुलोको कारण अन्ध्यारो पनि छ । अर्पचुनिटीका प्रोजेक्ट मेनेजर जोन काल्लास भन्छन हामी जंगल बाहिर छौ । आँधीले हामीलाई थ्रेट गरिरहेको छ र यो भन्न सकिन्न की यस्तो अवस्थाको मौसम सफा हुन कति समय लाग्छ । यान नियन्त्रकले मंगलबार राती अर्पचुनिटी सँग सम्पर्क स्थापित गर्न कोशिष गरे पनि उक्त यानले कुनै रेस्पोन्ड नगरेको बताईन्छ । धुलोको आँधी मई महिनाको अन्त्यबाट शुरु भएर त्यसको गति अभूतपूर्व रुपमा बढिरहेको छ ।

नाशााले दुई यान अर्पचुनिटी र स्प्रीरीट लाई सन २००३ मा मंगलका लागि त्यहाँको माटो र चट्टानको अध्यायनका लागि पठाएको थियो ती मध्ये निक्कै बर्षयता स्प्रीरिट ले काम गर्न सकेको छैन । अर्पचुनिटीले भने उसको आशा गरे अनुसार नै आफ्नो मिसनमा जीवित छ । दुवै विमान मंगलको सतहमा सन २००४ मा लेण्ड भएका थिए ।

यसरी नै मंगलको अर्का दिशामा रहेको आणविक पावरको यान क्युरोसिटी रहेको आकाश भने उज्यालो देखिएको नाशाका बैज्ञानिकहरुले बताएका छन । यस अघि सन २०१८ को जुन ७ र १० मा मंगलको गले क्रेटरमा रहेको क्युरोसीटी यान ले पठाएको फोटोमा आँधीको देखिएको थियो । मंगलको आकाशमा १० माईल बाक्लो धुलो को आँधी का कारले त्याहाँ रहेका मानवनिर्मित यानहरुलाई निक्कै ठुलो असर गरेको छ भनिन्छ । त्यहाँको रात र दिनमा मौसमा पनि अचाक्ली उतार चढाव भइरहेको छ । अर्पचुनिटी चक्काहरुलाई हिड्ने नसक्ने गरी धुलोले रोक्ने अवस्था कमै भए पनि खराव आँधीका को धुलोको लेयर यानको पछाडी छाडिने छ । बैज्ञानिकहरुको विश्वास छ कि अहिले भने यान को अप्टीकल उपकरणहरु अल्पकालिक रुपमा धुलोले ढाकिएका छन । यानको व्याट्री कमजोर भए पनि त्यसको घडीले भने काम गरिरहेको बताईन्छ । यदि घडीले पनि काम गर्न बन्द गरयो भने चाही कहिले यानले पुन सिंगनल पठाउने अवस्थामा फर्कन्छ केही भन्न सकिन्न बैज्ञानिकहरु भन्छन ।

सन २००७ मा पनि धुलोको आँधीका कारण अर्पचुनिटी केही दिन मौन रहेको थियो । तर केही दिन पछि एक्कासी काम गर्न शुरु गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...