Wednesday 23rd September 2026

मंगलको सतहमा धुलोको विशाल आँधी


तोयानाथ उपेक्षित – मंगलको सतहमा जीवित मानव निर्मित दुई यान अपर्चुनिटी र स्प्रीरिच यतिवेला कोमामा पुगेको विमारी जस्तै अवस्थामा छन । नाशाले उनीहरुको धडकन खोजिरहेको छ । ति यानहरुले कुनै संकेत नाशामा दिन नसक्नुको कारण त्यहाँ आई रहेको विशाल धुलोको आँधी हो ।

नाशाले भनेको छ झण्डै एक तिहाई मंगलको बायुमण्डल अहिले धुलाम्य छ । त्यहाँ विशाल धुलोको आँधीका कारण सुर्यको प्रकाश सतहमा आउन सकेको छैन । सुर्यको प्रकाश सतहमा आउन र मौसम सफा हुन पर्दछ यसका लागि अझै केही दिन लाग्न सक्ने नाशाको अनुमान छ । बैज्ञानिकहरुका अनुसार मौसम सफा भएर यानमा प्रकाश अथवा ताम परेपछि यानको बेट्रि रिचार्ज हुनेछ र यान पुन जाग्रित अवस्थामा फर्कने छ । यस अघि पनि अर्पचुनिटीमा यस्तो अवस्था आएको बताईन्छ ।

बैज्ञानिकहरुका अनुसार मंगलमा आँधीहुरी मात्र नभएर विशाल धुलोको कारण अन्ध्यारो पनि छ । अर्पचुनिटीका प्रोजेक्ट मेनेजर जोन काल्लास भन्छन हामी जंगल बाहिर छौ । आँधीले हामीलाई थ्रेट गरिरहेको छ र यो भन्न सकिन्न की यस्तो अवस्थाको मौसम सफा हुन कति समय लाग्छ । यान नियन्त्रकले मंगलबार राती अर्पचुनिटी सँग सम्पर्क स्थापित गर्न कोशिष गरे पनि उक्त यानले कुनै रेस्पोन्ड नगरेको बताईन्छ । धुलोको आँधी मई महिनाको अन्त्यबाट शुरु भएर त्यसको गति अभूतपूर्व रुपमा बढिरहेको छ ।

नाशााले दुई यान अर्पचुनिटी र स्प्रीरीट लाई सन २००३ मा मंगलका लागि त्यहाँको माटो र चट्टानको अध्यायनका लागि पठाएको थियो ती मध्ये निक्कै बर्षयता स्प्रीरिट ले काम गर्न सकेको छैन । अर्पचुनिटीले भने उसको आशा गरे अनुसार नै आफ्नो मिसनमा जीवित छ । दुवै विमान मंगलको सतहमा सन २००४ मा लेण्ड भएका थिए ।

यसरी नै मंगलको अर्का दिशामा रहेको आणविक पावरको यान क्युरोसिटी रहेको आकाश भने उज्यालो देखिएको नाशाका बैज्ञानिकहरुले बताएका छन । यस अघि सन २०१८ को जुन ७ र १० मा मंगलको गले क्रेटरमा रहेको क्युरोसीटी यान ले पठाएको फोटोमा आँधीको देखिएको थियो । मंगलको आकाशमा १० माईल बाक्लो धुलो को आँधी का कारले त्याहाँ रहेका मानवनिर्मित यानहरुलाई निक्कै ठुलो असर गरेको छ भनिन्छ । त्यहाँको रात र दिनमा मौसमा पनि अचाक्ली उतार चढाव भइरहेको छ । अर्पचुनिटी चक्काहरुलाई हिड्ने नसक्ने गरी धुलोले रोक्ने अवस्था कमै भए पनि खराव आँधीका को धुलोको लेयर यानको पछाडी छाडिने छ । बैज्ञानिकहरुको विश्वास छ कि अहिले भने यान को अप्टीकल उपकरणहरु अल्पकालिक रुपमा धुलोले ढाकिएका छन । यानको व्याट्री कमजोर भए पनि त्यसको घडीले भने काम गरिरहेको बताईन्छ । यदि घडीले पनि काम गर्न बन्द गरयो भने चाही कहिले यानले पुन सिंगनल पठाउने अवस्थामा फर्कन्छ केही भन्न सकिन्न बैज्ञानिकहरु भन्छन ।

सन २००७ मा पनि धुलोको आँधीका कारण अर्पचुनिटी केही दिन मौन रहेको थियो । तर केही दिन पछि एक्कासी काम गर्न शुरु गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...