Tuesday 12th May 2026

एक दिवसिय खेलमा इङ्गल्याण्डसँग अष्ट्रेलियाको लज्जास्पद हार


तितोपाटी – विश्वको नम्बर १ वान डे टिम इङ्ल्यान्डले मंगलवार अबेर राति ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको तेस्रो वान डे म्याचमा अस्ट्रेलियालाई २४२ रनको विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा फराकिलो जितसहित इङ्ल्यान्डले सिरिजमा ३-० को अग्रता बनाएको छ ।

यस खेलमा दुई रेकर्ड पनि बनेका छन् । एउटा इङ्ल्यान्डले पहिलो पटक ब्याटिङ गर्दै ५० ओभरमा ६ छ विकेट गुमाउँदै ४८१ रन बनाएको थियो । जुन वान डे क्रिकेको एक पारीमा कुनै पनि टिमले बनाएको अहिलेसम्मको सबैभन्दा ठुलो स्कोर हो ।

दोस्रोतर्फ अस्ट्रेलियन टिमले खेलमा २४२ रनको लज्जास्पद हारको सामना गर्नुपर्यो । यो अस्ट्रेलियनले रनको हिसाबले वान डे क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो हार हो । यसभन्दा अघि उसले वान डे मा सबैभन्दा ठुलो हार ३२ वर्षअघि न्यूजिल्यान्डवविरुद्ध मिलेको थियो ।

अर्कातिर इङ्ल्यान्डले वानडे क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा फराकिलो जित निकाललेको छ । यसभन्दा अघि उसले न्यूजिल्यान्डविरुद्ध सन् २०१५ मा २१० रनको जित दर्ता गराएको थियो ।

केबल ११ दिनमा पुरुष र महिला क्रिकेटमा वान डे को सबैभन्दा ठुलो स्कोर बनायो । ८ जुन २०१८ मा न्यूजिल्यान्डको महिला क्रिकेट टिमले आयरल्यान्डविरुद्ध ४९० रनको स्कोर बनायो । त्यसको ठिक ११ दिनपछि इङ्ल्यान्डको पुरुष टिमले अस्ट्रेलियाविरुद्ध ४८१ रनको विशाल स्कोर बनाएको थियो ।

यस खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ४८१ रन बनायो । इङ्ल्यान्डका लागि एलेक्स हेल्सले सबैभदा धेरै १४७ रन बनाए । उनले त्यसका लागि ९२ बलको सामना गर्दै १६ चौका र पाँच छक्का पनि हाने ।

उनका अलावा जोनी बेयरस्टनलले ९२ बलमा १५ चौका र पाँच छक्काको सहयोगमा १३९ रनको शानदार पारी खेले । कप्तान इयोन मोर्गनले पनि ३० बलमा ६७ रनको विस्फोटक पारी खेले । उनले त्यस क्रममा ६ छक्का र ३ चौका पनि हाने ।

विशाल स्कोरको पछ्याएको अस्ट्रेलियाकोफ टिम ३७ ओभरमा २३० रनमा अलआउट भयो । ट्रेविस हेडले सबैभन्दा धेरै ५१ रन बनाए । उनले आफ्नो पारीमा ३८ बलको सामना गर्दै सात चौका लगाए । इङ्ल्यान्डका लागि राशिदले चार विकेट लिए । अर्कातिर अलीले पनि तीन विकेट लिए । डेभिड विलीलाई दुई विकेट हात लाग्यो ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...