Thursday 25th April 2024

एक दिवसिय खेलमा इङ्गल्याण्डसँग अष्ट्रेलियाको लज्जास्पद हार


तितोपाटी – विश्वको नम्बर १ वान डे टिम इङ्ल्यान्डले मंगलवार अबेर राति ट्रेन्ट ब्रिज स्टेडियममा खेलिएको तेस्रो वान डे म्याचमा अस्ट्रेलियालाई २४२ रनको विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा फराकिलो जितसहित इङ्ल्यान्डले सिरिजमा ३-० को अग्रता बनाएको छ ।

यस खेलमा दुई रेकर्ड पनि बनेका छन् । एउटा इङ्ल्यान्डले पहिलो पटक ब्याटिङ गर्दै ५० ओभरमा ६ छ विकेट गुमाउँदै ४८१ रन बनाएको थियो । जुन वान डे क्रिकेको एक पारीमा कुनै पनि टिमले बनाएको अहिलेसम्मको सबैभन्दा ठुलो स्कोर हो ।

दोस्रोतर्फ अस्ट्रेलियन टिमले खेलमा २४२ रनको लज्जास्पद हारको सामना गर्नुपर्यो । यो अस्ट्रेलियनले रनको हिसाबले वान डे क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो हार हो । यसभन्दा अघि उसले वान डे मा सबैभन्दा ठुलो हार ३२ वर्षअघि न्यूजिल्यान्डवविरुद्ध मिलेको थियो ।

अर्कातिर इङ्ल्यान्डले वानडे क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा फराकिलो जित निकाललेको छ । यसभन्दा अघि उसले न्यूजिल्यान्डविरुद्ध सन् २०१५ मा २१० रनको जित दर्ता गराएको थियो ।

केबल ११ दिनमा पुरुष र महिला क्रिकेटमा वान डे को सबैभन्दा ठुलो स्कोर बनायो । ८ जुन २०१८ मा न्यूजिल्यान्डको महिला क्रिकेट टिमले आयरल्यान्डविरुद्ध ४९० रनको स्कोर बनायो । त्यसको ठिक ११ दिनपछि इङ्ल्यान्डको पुरुष टिमले अस्ट्रेलियाविरुद्ध ४८१ रनको विशाल स्कोर बनाएको थियो ।

यस खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ४८१ रन बनायो । इङ्ल्यान्डका लागि एलेक्स हेल्सले सबैभदा धेरै १४७ रन बनाए । उनले त्यसका लागि ९२ बलको सामना गर्दै १६ चौका र पाँच छक्का पनि हाने ।

उनका अलावा जोनी बेयरस्टनलले ९२ बलमा १५ चौका र पाँच छक्काको सहयोगमा १३९ रनको शानदार पारी खेले । कप्तान इयोन मोर्गनले पनि ३० बलमा ६७ रनको विस्फोटक पारी खेले । उनले त्यस क्रममा ६ छक्का र ३ चौका पनि हाने ।

विशाल स्कोरको पछ्याएको अस्ट्रेलियाकोफ टिम ३७ ओभरमा २३० रनमा अलआउट भयो । ट्रेविस हेडले सबैभन्दा धेरै ५१ रन बनाए । उनले आफ्नो पारीमा ३८ बलको सामना गर्दै सात चौका लगाए । इङ्ल्यान्डका लागि राशिदले चार विकेट लिए । अर्कातिर अलीले पनि तीन विकेट लिए । डेभिड विलीलाई दुई विकेट हात लाग्यो ।


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...