Wednesday 9th September 2026

विश्वकपमा अाज जापानले कोलम्बियालार्इ हरायो


तितोपाटी – रुसमा भइरहेको फिफा विश्वकप प्रतियोगितामा मंगलवारको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ।

जापानको आश्चर्यजनक जित भनिएको उक्त खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको टोलीका एक जना खेलाडी खेल सुरु भएको तीन मिनेटमा नै रातो कार्ड पाएर बाहिरिएका थिए।

ह्याण्डबल गरेका कारण कार्लोस सान्चेजलाई मैदान बाहिर पठाइएको थियो, जुन यस पालिको प्रतियोगिताको पहिलो रातो कार्ड हो।

म्यानचेस्टर युनाइटेड क्लबका भूतपूर्व खेलाडी कागावाले पेनाल्टी पाएको बललाई गोलमा परिणत गरेर टोलीलाई अग्रता प्रदान गरेका थिए।

कोलम्बियाका किन्टेरोले आफ्नो टोलीलाई प्राप्त फ्री-किकबाट चलाखीपूर्ण तरिकाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

तर ओसाकोले टाउकोले प्रहार गरेर गरेको गोल नै जापानको जितको निर्णायक बन्न पुग्यो।

जापान र कोलम्बियाबीच रुसको सारान्स्कमा भएको उक्त खेल हेर्न जापानकी राजकुमारी टाकामाडो पनि उपस्थित थिइन्।

एक शताब्दीको अवधिमा रुसको भ्रमण गर्ने जापानी राजपरिवारकी उनी पहिलो सदस्य हुन्।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...