Friday 26th April 2024

विश्वकपमा अाज जापानले कोलम्बियालार्इ हरायो


तितोपाटी – रुसमा भइरहेको फिफा विश्वकप प्रतियोगितामा मंगलवारको खेलमा जापानले कोलम्बियालाई एकका विरुद्ध दुई गोलले पराजित गरेको छ।

जापानको आश्चर्यजनक जित भनिएको उक्त खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको टोलीका एक जना खेलाडी खेल सुरु भएको तीन मिनेटमा नै रातो कार्ड पाएर बाहिरिएका थिए।

ह्याण्डबल गरेका कारण कार्लोस सान्चेजलाई मैदान बाहिर पठाइएको थियो, जुन यस पालिको प्रतियोगिताको पहिलो रातो कार्ड हो।

म्यानचेस्टर युनाइटेड क्लबका भूतपूर्व खेलाडी कागावाले पेनाल्टी पाएको बललाई गोलमा परिणत गरेर टोलीलाई अग्रता प्रदान गरेका थिए।

कोलम्बियाका किन्टेरोले आफ्नो टोलीलाई प्राप्त फ्री-किकबाट चलाखीपूर्ण तरिकाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

तर ओसाकोले टाउकोले प्रहार गरेर गरेको गोल नै जापानको जितको निर्णायक बन्न पुग्यो।

जापान र कोलम्बियाबीच रुसको सारान्स्कमा भएको उक्त खेल हेर्न जापानकी राजकुमारी टाकामाडो पनि उपस्थित थिइन्।

एक शताब्दीको अवधिमा रुसको भ्रमण गर्ने जापानी राजपरिवारकी उनी पहिलो सदस्य हुन्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...