Wednesday 24th April 2024

साप्ताहिक राशिफल (असार १ गते देखि ७ गतेसम्म)


ज्योतिष पंडितःराम प्रसाद सिटौला

मेष 

विरोधीहरूलाई आकर्षित गर्दा वा मान–सम्मान गर्दा आफ्नै व्यक्तित्व उचाइमा पुग्नेछ । प्रेमिकाबाट नसोचेको उपहार प्राप्त हुनेछ । नीलो रंगको पहिरन प्रयोग गर्दा ऊर्जा मिल्नेछ भने त्रुटिहरूलाई समायोजन गर्ने क्षमता वृद्धि हुनेछ । हेलचेक्य्राइँपूर्वक गरिएको यात्रामा आर्थिक तथा मानसिक तनावको सामना गर्नुपर्ला ।

वृष 

सहपाठीबीच आम्दानी बढाउने कार्य अघि बढ्नेछ । अतिथिका रूपमा प्रस्तुत हुँदा अपेक्षाअनुरुप नै सत्कार पाइनेछ । मन पराउनेहरूबीचको भेटघाटले थप प्रोत्साहित भइनेछ । पारिवारिक खटपट हुन सक्छ, जसलाई निर्मुल पार्न घरपरिवारलाई यथेष्ट समय दिनुपर्नेछ ।

मिथुन 

तत्काल कार्य सम्पन्न गर्न ढिलाइ भए पनि मंगलबारपछि क्रमिक रूपमा प्रगतिको मार्ग फेला पर्नेछ । धैर्य गरे मनोकांक्षा पूरा हुनेछ । धार्मिक कार्यमा संलग्न हुँदै मठ–मन्दिरको परिक्रमा गर्नु लाभदायक हुन्छ । परिवारजनले दिएको वचन पूरा नगर्दा आफूलाई मर्का पर्नेछ । साताको अन्त्यमा खानपानसम्बन्धी कार्यक्रममा सहभागी भइनेछ ।

कर्कट 

नगरेको कामको दोष आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । बुधबारपछिका दिनमा भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । सेतो रंग प्रयोग गर्न सके विभिन्न समस्याबाट जोगिन सकिनेछ ।

सिंह 

विपक्षीहरू मर्यादामा चोट पुर्‍याउन सक्रिय छन् । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । पारिवारिक जमघटमा स्वादिष्ट खानपानको आनन्द लिन पाइनेछ । विदेशी साथीको सुझाव पालन गर्न सके रोजगारीसहितको अवसर जुट्न सक्छ ।

कन्या

कर्मचारीहरूप्रति उच्च ओहदाका व्यक्तिहरूले निगरानी राख्नेछन् । विपरीतलिंगी साथीहरूले बेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । नियमित शारिरीक व्यायाम तथा योग गर्नाले चुस्त–दुरुस्त राख्न सहयोग पुर्‍याउनेछ । हरियो रंगको प्रयोगबाट शारिरीक तथा मानसिक उर्जा प्राप्त हुनेछ । सामाजिक कार्यको नेतृत्वले परिवारकै प्रतिष्ठा बढाउनेछ ।

तुला  

विचार नगरि काममा संलग्न हुदाँ अरुले लाभ उठाउनेछन । आफन्तको सहयोगमा महत्वपुर्ण काममा सफलता हात पर्नेछ । राजनैतिक काममा आफ्नो वर्चस्व बढ्नेछ । पुराना साथीहरूसँगको भेटमा नौला अवसरसम्बन्धी जानकारी पाइनेछ । अविरल वर्षाबीच सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउनुहोला ।

वृश्चिक 

व्यवसायमा अपेक्षाकृत सफलता हात पर्नेछ । सोमबारपछिका दिनहरूमा बौद्धिक व्यक्तित्वहरूसँग परिचित हँुदै महत्वपुर्ण कार्य सम्पन्न गर्न सकिनेछ । सहयोगी हातहरू अघि बढिरहेका छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । साथीहरूसँग नगद कारोबार गर्दा संयम अपनाउनुपर्नेछ । काममा ढिलाइ भएपनि सही मार्ग पहिल्याउन सकिनेछ ।

धनु  

सरकारी कर्मचारी वर्गका निम्ति प्रतिकूल स्थानान्तरणको योग देखिन्छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । प्रवासमा रहनेहरूका निम्ति समय अनुकूल छ । प्रेम सम्बध प्रगाढ हँुदै गएको अवस्था छ । मन लोभिने बहुमूल्य सामग्री खरिद गर्न आकर्षित भइनेछ ।

मकर 

जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकको वचन परिवर्तनले सवारी साधन गुम्ने खतरा छ । खानपान तथा भोजभतेरमा सामेल हुदाँ स्वास्थ्यको ख्याल राख्नुहोला ।

कुम्भ 

स्वरोजगारी, कर्मचारीवर्गका निम्ति स्थान परिवर्तन वा नयाँ अन्य अवसर प्राप्त हुने सम्भावना छ । विनायोजना खरिदारीमा सहभागी हुँदा केही समय आर्थिक संकट देखा पर्न सक्छ । साथीभाइसँग आकस्मिक भ्रमण गर्दा आफ्नै धन खर्च हुनेछ । साताको अन्त्यमा मन पर्ने व्यक्तिसगँ भेटघाट हुनेछ ।

मीन 

यो साता परोपकारी कार्यमा रुचि बढ्नेछ । वादविवाद तथा असन्तुष्टिहरू देखा पर्न सक्छन्, सकेसम्म कम बोल्दा फाइदा हुन्छ । प्राविधिक क्षेत्रको लगानीबाट बढी फाइदा मिल्नेछ । रमाइलो यात्रा हुने योग छ । साताको अन्त्यमा भोज भतेरमा सहभागी भइनेछ ।

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...