Monday 31st August 2026

मोवाइल म्यानेजमेन्टमा नेपालले फड्को मार्दै


तितोपाटी – मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का लागि १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झण्डै एक अर्ब लगानीमा विकास तथा सञ्चालन गर्न लागिएको यो अत्याधुनिक सिस्टमका लागि नेपाल दुरसञ्चार प्राधिरकणले आशयपत्र मागेको थियो ।

मोबइलको ब्यापर प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले सेटलाई नै नियमन गर्ने गरी यो सिस्टम तयार गर्न लागेको हो । विदेशमा प्रयोगमा रहे पनि नेपालमा यसप्रकारको सिस्टम प्रयोगमा आएको छैन ।

आगामी आथिर्क वर्षभित्र यो सिस्टम प्रयोगमा ल्याइसकिने प्राधिरकणका प्रवक्ता मिनप्रसाद आर्यालले जानकारी दिए । यो सिस्टम लागू भएपछि देशभर सञ्चालित सबै मोबइल सेट सरकारी निगरानीमा रहनेछन् ।

मोबइलको आयातलाई नियन्त्रणमा पनि यो सिस्टम उपयोगी हुनेछ । अवैध रुपमा आयात भएका मोबइलललाई ब्लक गर्न सकिने गरी यो सिस्टम तयार गरिनेछ ।
सँगै आपराधिक गतिविधिमा प्रयोग भएका मोबाइको ‘ट्र्यास’ गर्न पनि यो प्रविधिको प्रयोग गरिनेछ ।

अहिले मोबाइल सेट आईएमईआई नम्बरमा नै यो सिस्टम आधारित हुनेछ । आईएमईआईका आधारमा मोइबल सेटहरुको अवैध आयात र दुरुपयोग रोक्ने गरी यो सिस्टम विकास हुनेछ ।

अहिले यो सिस्टमका लागि आशयपत्र हालेका १३ मध्ये ६ वटालाई सर्ट लिस्टमा राखिनेछ । ६ वटासँग आर्थिक तथा प्राविधिक प्रस्ताव मागिनेछ । उत्कृष्ट प्रस्ताव गर्ने कम्पनीलाई यसको ठेक्का आवार्ड गरिनेछ ।

जिम्मा दिएको ४ देखि ६ महिनामा कम्पनीले सिस्टम सबै अपरेटरहरुको सिस्टममा जोड्नेछ । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन पनि गर्नेछ ।

यो सिस्टम लागू भएपछि मोबाइल चोरीको समस्याहरु हट्ने दावी प्राधिकरणको छ । चोरी भएका मोबाइल कहाँ-कसले प्रयोग प्रयोग गरिरहेको छ भन्ने कुरा सजिलै पत्ता लाग्ने आर्यालले बताए । हराएका मोबाइल सेटा खोज्न पनि सहज हुनेछ ।

आईएमईआई दर्ता नभएका मोबइल नचल्ने भएकाले भन्सार छलेर मोबइल भित्र्याउने क्रम पनि रोकिने छ । यसले अपराधिक घटनामा मोबाइल प्रयोग गर्ने प्रवृत्ति पनि निरुत्साहित गर्नेछ । नक्कली आईएमईआई नम्बरको प्रयोग पनि हट्नेछ । यो सिस्टम प्रयोग सुरु भएपछि विभिन्न आपाराधिक गतिविधिको अनुसन्धानमा पनिा सहयोग पुग्नेछ ।

यो सिस्टममा देशभर प्रयोग भएका सेटहरुलाई तीन प्रकारमा बाँडिनेछ । वैधानिक रुपमा प्रश्न नउठेका मोबाइलहरुलाई ‘ह्वाइट लिस्ट’मा राखिनेछ । हराएका र वैधानिकतामा प्रश्न उठेका मोबाइललाई ब्ल्याक लिष्ट (कालोसूची)मा राखिनेछ । नक्कली आईएमईआई राखेर दर्ता गरिएका सेटलाई ग्रे-लिस्टमा राखिनेछ । यो सिस्टम प्रयोगमा आएपछि अवैधरुपमा आयात र प्रयोग गरिएका सेटमा सिम नै चल्ने छैन ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...