Friday 9th October 2026

प्रधानमन्त्री कप क्रिकेटको उपाधी एपिएफको पोल्टामा


अार्मी ६ विकेटले पराजित

तितोपाटी – प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए । ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।

यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए ।
आर्मीका सोमपाल कामीले तीन साथै बिक्रम सोबले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । उसका लागि भीम सार्कीले ४८ बलमा ४५ रन, सोमपाल कामीले ३३ बलमा ३६ रन, विनोद भण्डारीले २५ बलमा ३५ रन साथै राजेश पुलामी मगरले ५३ बलमा २७ रन बनाएका थिए ।

आर्मीको ब्याटिङ कमजोर पार्न एपीएफका करण केसीले तीन, बसन्त रेग्मीले र भुवन कार्कीले दुई/दुई साथै पवन सर्राफ र अमर सिंह रौटेलाले एक/एक विकेट लिए ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...