Tuesday 13th October 2026

ओपोले गर्यो ‘समर सेल्फी कन्टेष्ट’को घोषणा


काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘समर सेल्फी कन्टेष्ट’को घोषणा गरेको छ । कम्पनीले आफ्ना देशभर छरेर रहेका उपभोक्ता लक्षित गर्दै यस सेल्फी कन्टेष्टको घोषणा गरेको हो । समर सेल्फी कन्टेष्टमा ओपोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।  

प्रतियोगितमा सहभागिता जनाउन उपभोक्ताले आफुले खरिद गरेको ओपो फोनबाट पहिलो सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग “ओपोसमरएनपी” सहित अपलोड गर्नु पर्नेछ । यसरी पोष्ट गरिएका तस्विर मध्य सर्वाधिक लाइक्स पाउन सफल २० जनालाई भाग्यशाली विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्रतियोगिताको आयोजना दूई चरणमा गरिनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ । त्यसैगरी, दोस्रो चरणको प्रतियोगिता भने जुन ११ देखि १७ सम्म आयोजना गरिने छ । दुबै चरणबाट नेपाल भरका १०–१० जना विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

यसरी छानिएका विजेताहरुलाई ओपोको तर्फबाट आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...