Thursday 25th April 2024

ओपोले गर्यो ‘समर सेल्फी कन्टेष्ट’को घोषणा


काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ‘समर सेल्फी कन्टेष्ट’को घोषणा गरेको छ । कम्पनीले आफ्ना देशभर छरेर रहेका उपभोक्ता लक्षित गर्दै यस सेल्फी कन्टेष्टको घोषणा गरेको हो । समर सेल्फी कन्टेष्टमा ओपोको कुनैपनि स्मार्टफोन मोडल खरिद गर्ने उपभोक्ता सम्मिलित हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।  

प्रतियोगितमा सहभागिता जनाउन उपभोक्ताले आफुले खरिद गरेको ओपो फोनबाट पहिलो सेल्फी खिचेर आफ्नो फेसबुक पेजमा ह्यासट्याग “ओपोसमरएनपी” सहित अपलोड गर्नु पर्नेछ । यसरी पोष्ट गरिएका तस्विर मध्य सर्वाधिक लाइक्स पाउन सफल २० जनालाई भाग्यशाली विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार प्रतियोगिताको आयोजना दूई चरणमा गरिनेछ । पहिलो चरणको प्रतियोगिता जुन ४ देखि १० सम्म चल्नेछ । त्यसैगरी, दोस्रो चरणको प्रतियोगिता भने जुन ११ देखि १७ सम्म आयोजना गरिने छ । दुबै चरणबाट नेपाल भरका १०–१० जना विजेताको छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।

यसरी छानिएका विजेताहरुलाई ओपोको तर्फबाट आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...