Friday 29th March 2024

विश्वकपको पुर्वार्धमा भएको मैत्रीपुर्ण फुटवल खेलमा अष्ट्रियासँग जर्मनी पराजित


तितोपाटी – विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो ।

खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।

जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...