Wednesday 23rd September 2026

वाइफाइ राउटर मार्फत मलवयरले मोवाइका डाटा चोर्न थाल्यो


तितोपाटी – साइबर सिक्योरिटी फर्म क्यास्पर्स्कीले एक नयाँ मेलवेयरबारे पत्ता लगाएको छ जसले वाइफाई राउटर्सको प्रयोग गरेर प्रयोगकर्ताको डिभाइस नियन्त्रण गर्दछ ।

‘रोमिङ म्याटिस’ नामको यो मेलवेयरले वाइफाई राउटरमार्फत प्रयोगकर्तालाई यस्ता वेबसाइटमा पुर्याउँछ जसले उनीहरुको सबै जानकारी चोर्छ । यो मालवेयरले जापान, कोरिया, चीन, बंगलादेशका प्रयोगकर्तालाई प्रभावित पारेको बताइएको छ । यसले दुई दर्जनभन्दा बढि भाषालाई सपोर्ट गर्दछ जसमा हिन्दी, बांग्ला, अरबी, रुसी, चीनियाँ भाषा समावेश छ । यो मेलवेयर अन्य स्थानमा पनि तीब्र रुपमा फैलिएको बताइएको छ ।

यो मेलवेयरले डिएनएस हाइज्याकिङ प्रक्रियाको प्रयोग गर्दछ । डीएनएस हाइज्याकिङ ब्राउजरलाई धोका दिने यस्तो प्रक्रिया हो जसमा ब्राउजरलाई लाग्छ कि यसले प्रयोगकर्ताद्वारा राखिएको डोमेन नेमलाई सही आइपी एड्रेससँग म्याच गरेको छ जबकी त्यो आइपी एड्रेस गलत हुन्छ । प्रयोगकर्ताद्वारा राखिएको डोमेन नेमको ओरिजिनल यूआरएल, युजरको ब्राउजर एड्रेस बारमा देखिन्छ जसका कारण प्रयोगकर्तालाई पनि शंका लाग्दैन ।

एकपटक प्रयोगकर्ता सक्कली जस्तो देखिने नक्कली वेबसाइटमा पुगेपछि प्रयोगकर्तालाई ब्राउजर अपडेट गर्नका लागि आग्रह गरिन्छ । त्यसपछि ‘क्रोम डट एपीके डट’ नामको नक्कली एप डाउनलोड हुन्छ । यो एप प्रयोगकर्ताबाट अकाउन्ट, भोइस कल, एसएमएस पठाउने र पाउने, अडियो रेकर्ड गर्ने, फाइल्सको एक्सेस आदि सम्बन्धित अनुमती माग्ने गर्दछ ।

यो एप्लिकेशनलाई इन्स्टल गरेपछि मेलवेयर राइट टू एक्सेसको प्रयोग गर्दछ र कुन गुगल अकाउन्ट डिभाइसमा प्रयोग भइरहेको छ त्यसबारे जानकारी लिन्छ । त्यस लगत्तै प्रयोगकर्तालाई उनको अकाउन्टसँग केही गडबड भएकाले पुनः साइन इन गर्न आवश्यक भएको बताउँदै मेसेज पठाउँछ । त्यसपछि एक पेज खुल्छ जसले प्रयोगकर्ताको नाम र जन्म मीति राख्न निर्देशन दिन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...