Monday 31st August 2026

जिमेलमा अाफैं डिलिट हुने मेल कसरी पठाउने ?


तितोपाटी – गुगलले हालै जिमेलमा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न फिचर्स थप गरेको छ जसले प्रयोगकर्ताको प्राइभेसीलाई बढावा दिनुका साथै इमेल प्रेषकलाई आफूले पठाउने इमेलमाथि बढी नियन्त्रण प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा चर्चा तथा विवादमा रहेको फिचर हो, कन्फिडेन्सियल मोड ।

यो फिचरले इमेल प्रेषकलाई आफ्नो गोपनियता कायम राख्न सहयोग गरेको भएता पनि यसको आलोचना पनि भएको छ ।

आखिर जिमेलको कन्फिडेन्सियल मोड के हो ? निश्चित समयपछि आफै डिलिट हुने इमेल कसरी पठाउने ?

जिमेलको कन्फिडेन्सियल मोड फिचर केवल पिसी ब्राउजरमा मात्र उपलब्ध छ । एन्ड्रोइड र आइओएस एपमा यो उपलब्ध छैन ।

यो फिचरमार्फत प्रयोगकर्ताले आफ्ना संवेदनशील तथा गोप्य इमेलहरु पासकोड हालेर सुरक्षित बनाउन सक्दछन् जसबाट यस्ता इमेल फरवार्ड हुँदैनन् र निश्चित समयपछि आफै डिलिट हुन्छन् ।

साथै यस्ता खाले इमेल प्रापकले प्राप्त भएका इमेलहरु डाउनलोड गर्न, कपी तथा पेस्ट गर्न अनि फरवार्ड गर्न सक्दैनन् । यस्ता इमेल प्रिन्ट गर्ने उपाय भनेको केवल स्क्रिनसट गरेर वा फोटो खिचेर मात्र सम्भव हुन्छ ।

कसरी पठाउने यस्तो सुरक्षित तथा गोप्य इमेल ?

जिमेलको कन्फिडेन्सियल मोडमा जानका लागि जिमेलमा लगइन गरी सेटिंग्स आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि त्यहाँ रहेको Click New Gmail छनोट गर्नुहोस् । त्यसपछि केही बेरमै नयाँ इन्टरफेस तथा फिचर्स सहितको जिमेल लोड हुन्छ ।

त्यसपछि जिमेलमा रहेको Compose मा क्लिक गर्ने

त्यसपछि दायाँ तलपट्टि रहेको Turn on Confidential mode नामक अप्सनमा क्लिक गर्ने

त्यहाँ एक्सपाइरी डेट र पासकोर्ड सेट गर्ने । यदि एसएमएस पासकोड सेट नगर्ने हो भने प्रापकले सिधै तपाइँले पठाएको इमेल खोल्न सक्दछ । पासकोड सेट गर्नका लागि प्रापकको मोबाइल नम्बर इन्ट्री गरिदिनुपर्दछ । त्यसो गर्दा तपाइँले जिमेलमा इमेल पठाउँदा बित्तिकै प्रापकले आफ्नो मोबाइलमा एसएमएस मार्फत पासकोड प्राप्त गर्दछ । सोही पासकोड हालिसकेपछि मात्र उसले तपाइँले पठाएको इमेल खोल्न सक्दछ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...