Tuesday 13th October 2026

नेपालमा अब साइवर व्यूरो स्थापना हुने


तितोपाटी – आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसँगै इन्टरनेट सेवा तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न साइवर ब्यूरो र मानव वेचविखन ब्यूरो स्थापना गरिने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को वजेट प्रस्तुत गर्ने क्रममा बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई छु्टटा–छुट्टै दुईवटा ब्यूरो स्थापना गरिने बताउनुभयो ।

यी दुई ब्यूरोको स्थापनासँगै नेपाल प्रहरीमा विशेष ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो र लागू औषध ब्यूरो गरी पाँचवटा ब्यूरोहरू हुनेछन् । ब्यूरोको कमाण्ड डिआइजी तहको प्रहरी अधिकारीले सम्हाल्ने छन् ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि शान्ति सुरक्षा कायम गर्नु महत्वपूर्ण भएकाले सरकार जनताको शान्ति सुरक्षाका लागि अनुकूल वातावरण निर्माणमा प्रतिवद्ध रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो । विगतका वर्षहरूमा सार्वजनिक भएको वजेटमा उल्लेख गरे झै यसपटक पनि नेपाली सेनालाई बंकरबाट ब्यारेकमा लगिने बजेट व्यवस्था गरिएको छ ।

आगामी पाँच वर्षभित्रमा सम्पूर्ण नेपाली नागरिकलाई ‘राष्ट्रिय परिचय पत्र’ उपलब्ध गराउने रणनीति अनुरुप यस पटक थप १५ जिल्लामा सो कार्यक्रम लागू हुने भएको छ ।

मुलुकका विभिन्न कारागार (जेल)मा रहेका कैदीहरूलाई प्रदान गरिने दैनिक जीवन निर्वाह खर्च ४५ बाट बढाइ ६० रुपियाँ बनाइएको छ । कैदीका सन्तानहरुले प्राप्त गर्ने दूध वापतको रकम १० बाट बढाइ ३५ रुपियाँ पु¥याइएको छ । एमआरपी राहदानीको दुरुपयोग तथा जोखिम न्यूनीकरण गर्न ई–पासपोर्ट प्रणालीमा स्तरोन्नति गर्ने प्रक्रिया शुभारम्भ गरिने कुरा पनि वजेटमा उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

चीनको इनर मङ्गोलियास्थित उलानकाब (Ulanqab) शहर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासका लागि महत्वपूर्ण केन्द्रका रूपमा उदाउँदै गएको छ। केही वर्षअघिसम्म…

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

प्रतिकृयाहरू
...