Thursday 28th March 2024

पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ


तितोपाटी -विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो। केसीलाई प्रहरीले यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत पक्राउ गरेको थियो।

पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयोग सामाग्रीहरु समेत बरामद गरेको छ।

उनीहरुको कसरी सट्टाबाजीको धन्दा चलाउँदै आएका थिए भन्ने बारेमा प्रहरी परिसर टेकुले १२ बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...