Wednesday 8th April 2026

पूर्व राष्ट्रिय खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ


तितोपाटी -विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विषेश टोलीले सोमबार उपत्यकाको विभिन्न स्थानबाट पूर्व राष्ट्रिय खेलाडी केसी सहित ६ जनालाई पक्राउ गरेको हो। केसीलाई प्रहरीले यसअघि म्याच फिक्सिङ प्रकरणमा समेत पक्राउ गरेको थियो।

पक्राउ परेको गिरोहले अहिले जारी क्रिकेट र फुटबलका खेलहरुमा जित, हार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयोग सामाग्रीहरु समेत बरामद गरेको छ।

उनीहरुको कसरी सट्टाबाजीको धन्दा चलाउँदै आएका थिए भन्ने बारेमा प्रहरी परिसर टेकुले १२ बजे पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...