Saturday 28th May 2022

स्कील हुनेहरु युएईमा भिजिट भिसामा आउदा राम्रो नत्र निकै चुनौतीपुर्ण ।


तितोपाटी–बिदेशीनी मान्छेहरुका आफ्ना समस्या हुन्छन् समस्याको जालमा फसेपछि जतिसक्दो छिटो बिदेश जानु पाए समाधान हुन्थ्यो भन्ने धेरै युवाहरूको मनको बिचार हुन्छ र त सरल र सजिलो माध्यम वैदेशिक रोजाईको लागि अहिले युएईको भिजिट भिसा बनेको छ हो मेरा पनि कथा बेथा धेरै थिए त्यसमाथि एजेन्टहरुको कुरै छाड्देउ जादिन भन्दा पनि धेरै नै राम्रो कमाइ हुन्छ भनेर उनिहरुले दिने गफ आश्वासनले जाउजाउ लाग्ने बनाउछन यहि चक्रभिउमा फसेपछी केहि बर्ष अगाडि युएई शहर टेकेको म? धेरै कुराको अनुभव भन्दैन तर केहि कुरा युएईमा नया भिजिट भिसामा आउने दाजुभाइहरुको लागी लाभदायक हुन्छ भने आशा राखेको छु।

झट्ट हेर्दा युरोपको झल्को दिने युएई देखा यति सुन्दर छ हामी मजदुरको लागि पनि त्यतिकै सुन्दर नियम, कानुन, परिवेश बनेको छ लाग्छ आज बर्ष बित्दा पनि दिन बितिरहेको छ प्रदेशमा होईन घर छोडेर आफ्नै देशको कुनै शहर छु जस्तो!

खाडी भनेपछि हेला गरिहाल्ने हाम्रो नेपाली समाज छ तर राम्रो स्कील पढेलेखेकाहरु लागि अमेरिका, कोरिया, युरोप, जापान, अष्ट्रेलिया भन्दा युएई पनि कम रहेन्छ? हुनु त मलाई पनि नेपालमा हुदा खाडी देश पनि के जानू र भन्ने लाग्थ्यो तर यहाँ आएपछि राम्रो संग बुझ्ने अवसर मिल्यो एउटा बिदेशी कामदारको तलब पनि महिनाको 30/35 लाख नेपाली रुपैया सम्म हुन्छ भनेर मेरै नेपाली साथिभाइ हरु पनि महिनाको 3/4 लाख कमाउछ्न। युएईमा राम्रो कमाइ नै हुदैन नआउनु भन्ने कुरा भएन उदाहरण धेरै छन बाकी भाग्य र स्कील तपाईंको हातमा साथमा छ।

रोजगारीको लागि युएईमा भिजिट भिसामा आउने सोचाइमा हुनुहुन्छ र आउदै हुनुहुन्छ भने आउनु नआउनु भन्ने अभिव्यक्ति म दिदै दिदैन किनकि तपाईं संग स्कील र अङ्ग्रेजी भाषा एकदमै राम्रो छ भने तपाईं असफल हुने चान्स नै छैन? लाग्ला तपाईहरुलाई यहाको बाताबरण संग घुलमेल हुन र राम्रो जागीर पाउन एक दुई बर्ष?

6 महिना पछि कम्पनी चेन्ज गर्न सक्ने युएई सरकारको नियम भएकाले राम्रो काम कम्पनी पाउन साथ कम्पनी चेन्ज गर्न सक्नुहुन्छ अनलाइन एप्समा स्कील अनुसारका माग आइराख्ने हुँदा CV एप्लाइ गरेर आफ्नो क्षमता दक्षता अनुसार इन्टरभिउ दिएर आफ्नो जागीर सुनिश्चित गर्न सक्नुहुन्छ त्यसमा कुनै चार्ज लाग्दैन कतिपय अनलाइन consultancy, एजेन्ट हुन्छन् तिनीहरुलाई वास्त गर्नु हुदैन किनकि आफ्नो स्कीलले राम्रो काम पाउने होनि एजेन्ट र consultancy त माध्यम मात्र हुन अनि पकटमा चर्को शुल्क माग्दछन।

अब स्कील र अङ्ग्रेजी भाषा नहुनेहरुको लागि युएई भिजिट भिसा एकदमै चुनौतीपुर्ण छ कहि कतै कम्पनीले जिउ ज्यान लगाइ देखेर गर्न सक्छ भने हिसाबले र भाग्यवस राम्रै कम्पनीमा परि हालियो भने राम्रै भयो नत्र राम्रो कम्पनीले ल्याउन निकै गार्‍हो मान्छन् हर कम्पनीहरुले अङ्ग्रेजीमा इन्टरभिउ लिने र स्कील खोज्ने हुदा हामी कमजोर साबित हुन्छौं।

अनन्त 2/3 महिनाको भिजिट भिसा यता घुम्ता उता जादा सकिदैन जान्छ कि त नेपाल मै फर्किन बाध्य हुनुपर्‍यो कि त पाइहाल्यो भने 900/1000 जस्ता कम्पनी र सप्लाइ कम्पनीमा काम गर्न बाध्य हुनु पर्‍यो।
एक मनले नेपालमा महगो लागत 250/3 लाख खर्च गरेर आएका हामी 9 सय , हजारमा काम गर्ने कुरा पनि हुदैन अर्को तिर नेपाल फर्किने पनि साहुको ॠण ले फर्कन दिदैन यस्तै कथाबेथा यहाँ स्कील नहुने र अङ्ग्रेजी भाषा नहुने लागि हुन्छ तरपनी हामी सबै नेपाली हरुको स्कुल लेभलको अङ्ग्रेजी यस्तै हो रोजगारी नभएको देशको स्कील त्यस्तै हो 1/2 बर्षमा सिक्छु बुझ्छु भन्ने हिम्मत र आत्मविश्वास छ भने नआउनु भन्न सकिदैन तर पछिल्लो समय यो युएईमा भिजिट भिसामा अत्यन्तै ज्यादा मान्छे आउने भएकाले काम पाउन निकै संघर्ष गर्नुपर्छ स्कील नहुने र अङ्ग्रेजी भाषा नहुनेलाई युएई भिजिट भिसामा आउनु भन्दा नआउनु उपयुक्त देख्छु। बाकी युएई भिजिटमा ल्याउने एजेन्ट भाग्ने खान नदिने ती पीडा त यथावत नै छन।


Loading...
सम्बन्धित शीर्षकहरु

बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई…

स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१०…

प्रतिकृयाहरू