Saturday 28th May 2022

नेपालबाट ९९ नेपाली कामदार आज इजरायल जाँदै


तीतोपाटी-श्रम सम्झौतापछि पहिलोपटक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ इजरायल जाने भएका छन् । आज राती ११ बजे एयर अरवियाबाट ३६ पुरुष र ६३ महिला इजरायल उड्ने भएका हुन् ।
वैदशिक रोजगार विभागका उद्वार राहत समन्वय शाखा तथा इजरायल निर्देशक डम्बरबहादुर सुनुवारले भने ‘पहिलो उडानमार्फत ९९ जना कामदार आज इजरायल जानेछन् । जनवरीको २९ र फब्रुअरी १ तारिखका दिन दुई उडान हुनेछन् । तर कोरोना संक्रमण बढेकाले संख्या यकिन हुन सकेको छैन ।’
नेपालबाट जाने कामदारहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सुनुवारले बताए । उनले हालसम्म इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा ९४३ जना कामदारसँग सम्झौता भएको जानकारी दिए ।
इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ भने उनीहरूले हरेक वर्ष भिसा नवीकरण गर्नुपर्ने हुन्छ ।


Loading...
सम्बन्धित शीर्षकहरु

बन्दना घिमिरे - लघुकथाकार अल्पविराम पोखरेलीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा '' नजराना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई…

स्रष्टा परिचय नाम :गणेश नेपाली जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा बुवा:धनबहादुर नेपाली आमा:उत्तमकुमारी नेपाली शिक्षा:स्नातक पेसा: स्वास्थकर्मी प्रकासित कृति: छाती चर्किएपछि…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७९/ ०२/१०…

प्रतिकृयाहरू