Friday 22nd October 2021

पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवरद्वारा प्रहरी समक्ष आत्मसमर्पण


तितोपाटी -पर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले शुक्रबार स्थानीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।

स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए। उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्।

उनको ठगी काण्डबारे लोकान्तर डटकमले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो ।
सभार -लोकान्तर


Loading...
सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा शुभकामनासहित बन्दना घिमिरे - भरतपुर,चितवनकी चेली,सफल व्यवसायी, कुशल पाठक र लघुकथाकार गीता शर्मा चापागाईंले मिति २०७८/७/४ गते हाम्राे…

तितोपाटी- वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका…

जुनेली परिकल्पना गरी जोडेम हामी धेरै मीत, ज्ञान,भाव,साहित्यमा सधै हुन्छ हाम्रो जीत, सत्यता र शीतलताको प्रतीक बन्यो जुनेली शीत, विश्वास…

प्रतिकृयाहरू