Friday 14th May 2021

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस


तितोपाटी-कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रातोपाटीलाई जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’ शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका थिए ।

चारैजना सांसद एमाले माधव नेपाल पक्षधर सांसद हुन् ।
सभार- रातोपाटी


Loading...
सम्बन्धित शीर्षकहरु

हरी कृष्ण न्यौपाने- स्याङजा घर भई लामो समय देखी पोखरामा बसोबास गरिरहेका र कुवेतमा रोजगारीका क्रममा रहेका टेकन गुरुङ ३…

तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ ।…

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺 म खाऊँ मैँ लाऊँ सुखसयल वा मोज म गरूँ म बाँचूँ मैँ नाचूँ अरु सब…

प्रतिकृयाहरू