Sunday 11th April 2021

सरकार र विप्लब समुहको वार्ता टोली गठन


तीतोपाटी – सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । त्यसै गरि विप्लब समुहका तर्फबाट पनि वार्ता टोली गठन भएको छ । विप्लव समुहको तर्फबाट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने वार्ता टोलीमा रहेका छन् ।

सरकारका तर्फबाट मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् भने विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जनाएका हुन् ।

विप्लव पक्षबाट सो दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने चर्चा चलेपनि हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । सरकारले विप्लव समूह आपराधिक संगठन भएको घोषणा गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । त्यसयता सरकारले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्ने तथा मुद्दा चलाउने गर्दै आएको थियो ।

आइतबार झापामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए । नेकपाका महासचिव विप्लवले समेत वार्तामा बस्न आफूहरु तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेका थिए । पछिल्लो समूह सरकार र विप्लव पक्षबीच वार्ताका लागि अनौपचारिक छलफल हुँदै आएको थियो ।

दुवै पक्षबाट वार्ता टोली गठन भइ सके पनि सरकारले अहिले सम्म विप्लव समुहमाथि लगाएको प्रतिबन्ध भने हटाएको छैन ।

 

 


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् । एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिएको…

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन…

तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई…

प्रतिकृयाहरू