Friday 5th March 2021

चुनावको तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताए । उनले जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्न अपिल गरे।

उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपा ओली समूहलाई विजयी बनाउनुपर्नेमा जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुु¥याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्को पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आफूले पाउनुुपर्छ भन्नुु हठपना मात्र भएको तर्क गरे ।

साभार- रातोपाटी

Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन…

तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा…

तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक…

प्रतिकृयाहरू