Sunday 7th March 2021

सीमा–नाका क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्न निर्देशन


तितोपाटी- नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो ।

बिहीबार निगमको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद विक्रिको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न समेत प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।प्रादेशिक कार्यालयहरुले आफु मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरु मध्य दैनिक न्यूनतम ५ वटा पम्पहरुको निरीक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने, दैनिक औषत बिक्रीको परिणाम लिनुपर्ने, बिक्री वितरणको विवरणसहितको बिल राख्नुपर्ने लगायतको व्यवस्था निगमले गरेको छ ।

त्यस्तै, यता बिक्रेता पम्पहरु पनि आफ्नो दैनिक बिक्री वितरणको यथार्थ विवरण राखि अनुगमन कार्यालयहरुलाई उपलब्ध गराउनुपर्ने र सवारी साधनबाहेक,ड्रम, जर्किन, ग्यालिन तथा अन्य उपकरणहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउनुपर्ने निगमले निर्देशन गरेको छ ।

यस्तोमा भारततर्फ जाने ठूलठूला सवारी साधन बस, ट्रक तथा ट्याङकरहरुलाई समेत अधिकतम एक सय लिटरभन्दा बढी तेल भर्न नदिन पम्पहरुलाई निर्देशन गरेको छ । साथै यसो गर्दा समेत चोरी निकासी हुन सक्ने भन्दै निगमले सीमा क्षेत्रमा चेकजाँचलाई समेत कडाई गरिने जनाएको छ ।
साभार – रातोपाटी


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । आइतबार त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले…

तितोपाटी- कोभ्याक्सअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आज नेपाल आइपुग्ने भएको छ । आज बिहान सवा ११ बजे कोभ्याक्स…

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको…

प्रतिकृयाहरू